२०८३ भाद्र १९ शुक्रबार

माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, उद्धार कार्य जारी

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०८३
190
Shares
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, उद्धार कार्य जारी

काठमाडौं । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ । सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार गरिसकिएको अवस्थामा उद्धारकर्मीहरूले थप एक जनाको शव फेला पारेका हुन् ।

सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङबाट एउटा शव बाहिर निकालेको छ । शवको पहिचान भने हुन बाँकी रहेको छ ।

यसअघि आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार गरिएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ए परियोजनाको सुरुङभित्र रहेको भूमिगत विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ ।

भूमिगत विद्युत् गृह क्षेत्रमा रहेका अन्य व्यक्तिलाई उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणको टोलीले निरन्तर खोजी तथा उद्धार अभियान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij