२०८३ भाद्र ११ बिहिबार

रसुवागढी–केरुङ बाढीबाट चीनतर्फ ५५८ जना बेपत्ता

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
570
Shares
रसुवागढी–केरुङ बाढीबाट  चीनतर्फ ५५८ जना बेपत्ता

काठमाडौं ।  नेपाल–चीन सीमा क्षेत्रमा गएको भीषण पहिरो आएको बाढीबाट  चीनतर्फ बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको छ।

स्थानीय सिङ्गात्से सहर सरकारलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ताको संख्या ५५८ पुगेको जानकारी दिइएको हो।

बुधबार सार्वजनिक गरिएको २६५ जनाको तुलनामा पछिल्लो विवरणमा बेपत्ताको संख्या उल्लेख्य रूपमा बढेको छ।

नेपाल–चीन सीमामा बुधबार गएको पहिरोपछि दुई जनाको जीवितै उद्धार गरिएको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले बताएका छन्। उद्धार गरिएका व्यक्तिको पहिचान र स्वास्थ्य अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

उद्धार कार्य जारी रहे पनि चीनतर्फ मृ’त्यु हुनेको संख्या तीनमै रहेको जनाइएको छ।

विपत्तिपछि चीनको रेडक्रस सोसाइटीले प्रभावित क्षेत्रमा राहत सामग्री वितरणलाई तीव्रता दिएको छ। बिहीबार मात्रै ५ हजार ५०० भन्दा बढी बाकस पानी र खाना उपलब्ध गराइएको जनाइएको छ।

त्यस्तै २ हजार ५०० भन्दा बढी सेट पाल, सरसफाइ सामग्री, ओढ्ने, ओछ्याउने सामग्री तथा ज्याकेटसमेत वितरण गरिएको छ।

सीमा क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले बेपत्ता तथा मृतकको संख्या थप परिवर्तन हुनसक्ने देखिएको छ। हालसम्म सार्वजनिक गरिएको विवरणअनुसार चीनतर्फ तीन जनाको मृ’त्यु पुष्टि भएको छ भने ५५८ जना बेप’त्ता छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij