२०८३ भाद्र १० बुधबार

सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल

ई आर्थिक    मंगलबार, भाद्र ९ २०८३
247
Shares
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल

काठमाडौं  ।  स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा.मनोहर प्रधानको उपस्थितिमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रको हालसम्मको कार्यप्रगति तथा आगामी कार्यदिशाबारे सोमबार समीक्षा गरिएको छ।

छलफलमा सामुदायिक नर्सिङ सेवाको विकास, ७७ वटै जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को अवस्था तथा ८ प्रकारका जटिल रोगसम्बन्धी सेवाको अवस्थाबारे समीक्षा गरिएको थियो।

त्यस्तै,राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रले चालु आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन,सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रमको प्रगति र आगामी योजनाबारे प्रस्तुति दिएको थियो।

केन्द्रका अनुसार मानसिक स्वास्थ्य सचेतना अभियान देशव्यापी रूपमा सञ्चालन गरिएको छ। कक्षा १ देखि १२ सम्मको स्वास्थ्य शिक्षा पाठ्यक्रमको समीक्षा गरी सिफारिस प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ। त्यस्तै,३२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सूचना एसएमएसमार्फत पठाइएको छ।

छलफलमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारसँगै समुदायस्तरमा स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन,सामाजिक व्यवहार परिवर्तन तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आगामी कार्यदिशा तय गर्नेबारे समीक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij