काठमाडौं । नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवाड्र्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ र यस पटको कार्यक्रम ‘रेडबुल ईनर्जी ड्रिक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औं कृति अवाड्र्स २०८३ नामाकरण गरिएको छ । त्यसं गरी यस बर्षको आयोजनालाई नेपाल मिडिया सोसाईटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिंग एशोसियसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सह आयोजकका रुपमा सहयोगी भएका छने भने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको बिज्ञापन बोर्डले ईन्डोर्समेन्ट सहित सम्बन्धन मान्यता प्रदान गरेका छन् । नेपाल विज्ञापन संघ नेपाल -आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो ।
‘कृति अवाड्र्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने एजेन्सी, सिर्जनाकर्ता, र ब्राण्डहरूलाई सम्मान गर्दै आएको छ । १३ औं संस्करणसम्म आइपुग्दा यसले नेपाली मार्केटिङ क्षेत्रको सिर्जनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने मुख्य थलोको रूपमा पहिचान बनाएको छ ।
यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ भने यस बर्ष डिजिटल, ईभेन्टस् र ईन्टेग्रेटेड गरी ३ वटा नयाँ क्षेत्र सहित २४ वटा नयाँ विधा समावेश गरिएको छ ।
पारदर्शी मूल्यांकन लागि काठमाण्डौं विश्वबिद्यालय ब्यबस्थापन संकायका डिन प्रा. डा. बिजय के.सी.को अध्यक्षतामा बरीष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र बरिष्ठ मार्केटिंग विज्ञ रबिन्द्रमान श्रेष्ठ क्षेत्रगत विशेषज्ञहरू समावेश भएको जुरी गठन गरिएको छ, जसले विषयगत मुल्यांकनकर्ताहरुको मनोनयन गरी विजेताहरूको चयन गर्नेछ ।
विज्ञापन संघ नेपाल (आन)का अनुसार यस वर्ष मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ । इच्छुक विज्ञापन एजेन्सी तथा ब्राण्डहरूले २०८० बैशाख १ गते देखि २०८३ आषाढ मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन् ।
कृति अवार्ड्स आयोजनाको बारेमा घोषणा गर्दै आनका अध्यक्ष सुदिप थापाले यस पटक धेरै विधाहरुलाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्न लागिएको जानकारी दिए । ‘कृति अवार्ड्सले शुरुवातदेखिनै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्धन गर्दै आएको छ। यस पटक यसलाई थप विधाहरुमा बिस्तार गरिएको छ । यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ ।’ उनले भने । कृति अवार्ड्सले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने र विज्ञापन बजारलाई थप बिस्तार गर्ने अपेक्षा गरिएको छ।