२०८३ भाद्र ११ बिहिबार

नापी कार्यालयका सर्भेक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
741
Shares
नापी कार्यालयका सर्भेक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर

पश्चिम नवलपरासी । पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय पश्चिम नवलपरासी (परासी) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले साहविरुद्ध तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपियाँ बिगो कायम गरी मंगलबार विशेष अदालत, काठमाडौँमा मङ्गबलार आरोपपत्र दर्ता गरेको हो।

आयोगका अनुसार २०४६ माघ १६ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा साहको कुल वैधानिक आय ६ करोड ३ लाख ८५ हजार ३० रुपियाँमात्र देखिएको छ। तर, सोही अवधिमा उहाले जग्गा तथा सेयर खरिद, सवारीसाधन खरिद, ऋण–सापटी भुक्तानीलगायतका शीर्षकमा नौ करोड ७५ लाख ६९ हजार ५८१ रुपियाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ।

आफ्नो वैधानिक आयभन्दा तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपियाँबढी खर्च तथा लगानी गरेको पाइएपछि साहले उक्त रकमको स्रोत स्पष्ट पार्न नसकेको अख्तियारको भनाइ छ।

श्रीमतीलाई पनि प्रतिवादी बनाइयो

अख्तियारका अनुसार साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत जग्गा तथा अन्य लगानी गरेको पाइएको छ। गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती सुमिन्त्रा देवीलाई समेत आरोपपत्रमा प्रतिवादी कायम गरिएको छ।

आयोगले साहविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोअनुसार कैद र जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा थप सजायको समेत मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij