काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने आइतबार प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ६ सय २३ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।