२०८३ भाद्र ५ शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख १६ हजार ७ सयमा कारोबार

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०८३
532
Shares
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख १६ हजार ७ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज शुक्रबार फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको हो।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ।

यस्तै, चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij