२०८३ भाद्र ७ आइतबार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १७ लाख ठगी गर्ने दुईजना पक्राउ

ई आर्थिक    आइतबार, भाद्र ७ २०८३
703
Shares
वैदेशिक रोजगारीको प्रलोभन देखाएर १७ लाख ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रूपैयाँ लिएका थिए।

रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij