२०८३ भाद्र २ मंगलबार

कर्मचारीको अर्धमासिक तलब भुक्तानी गर्न महालेखाको परिपत्र

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
95
Shares
कर्मचारीको अर्धमासिक तलब भुक्तानी गर्न महालेखाको परिपत्र

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।

सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो।

अर्थमन्त्रीस्तरको २०८३ बैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध भएको छ।

त्यस्तैगरी, बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्न/गराउन एवं कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य क्षेत्रभित्रका संघीय सरकारी निकायबाट माथि उल्लेख भएबमोजिम भुक्तानीको लागि निकासा माग भइ आएमा सोहीअनुसार भुक्तानी गर्न पनि अनुरोध भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij