२०८३ साउन २० बुधबार

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको विषयमा प्रभु बैंकले भन्यो- ‘भ्रामक समाचार, आधिकारिक सूचनामा मात्रै विश्वास गर्नु’

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
380
Shares
विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको विषयमा प्रभु बैंकले भन्यो- ‘भ्रामक समाचार, आधिकारिक सूचनामा मात्रै विश्वास गर्नु’

काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनलाई जोडेर प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले सोमबार जारी गरेको विज्ञप्तिमार्फत पर्याप्त प्रमाण र पुष्टि बिना प्रकाशित दुराशययुक्त तथा भ्रामक समाचारहरूको पूर्ण रूपमा खण्डन गरेको हो।

बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारी समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली तथा धितो लिलामीजस्ता कार्यहरू बैंकिङ व्यवसायका नियमित तथा कानुनसम्मत प्रक्रिया हुन्। यस्ता नियमित प्रशासनिक गतिविधिलाई तोडमरोड गरेर अनर्गल प्रचार गर्नु तथ्यपरक पत्रकारिता र व्यावसायिक आचारसंहिताविपरीत हुने बैंकको भनाइ छ।

विज्ञप्तिमा विगतका केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भई मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुनको पूर्ण पालना गरिरहेको जनाएको छ। साथै, आवश्यक जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाइएको पनि बैंकले स्पष्ट पारेको छ।

बैंकले सञ्चालक समिति र व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू नियामकीय मापदण्डअनुसार नै भइरहेको र आगामी दिनमा पनि सोही प्रक्रिया निरन्तर पालना गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रभु बैंकले निक्षेपकर्ता, सेयरधनी, ग्राहक तथा अन्य सरोकारवालालाई आधिकारिक सूचना र विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन आग्रह गरेको छ। साथै, वित्तीय प्रणाली र संस्थाको प्रतिष्ठामा असर पर्ने संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सत्यता परीक्षण र निष्पक्षता कायम राख्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई अनुरोध गरेको छ.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij