२०८३ साउन ९ शनिबार

आकर्षक तलबमा विदेश पठाइदिने भन्दै ३२ लाख रूपैयाँ ठगी, चारजना पक्राउ

ई आर्थिक    बुधबार, साउन ६ २०८३
836
Shares
आकर्षक तलबमा विदेश पठाइदिने भन्दै ३२ लाख रूपैयाँ ठगी, चारजना पक्राउ

काठमाडौं।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देश पठाइदिने भन्दै ३२ लाख ३८ हजार रूपैयाँ ठगेको अभियोगमा चारजना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका-१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका-३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका-३ का ४१ वर्षीय जयमंगलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका-३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मंगलबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट ५ लाख, जयमंगलले ब्रुनाई पठाइदिने भनेर एक जनाबाट ४ लाख ३८ हजार तथा मीनाले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने नाममा एक जनाबाट ६ लाख रूपैयाँ ठगेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij