२०८३ साउन १० आइतबार

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, बक्यौता नबुझाउने १० उद्योगको लाइन काटियो

ई आर्थिक    आइतबार, साउन ३ २०८३
513
Shares
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, बक्यौता नबुझाउने १० उद्योगको लाइन काटियो

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोड रूपैयाँभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन्।

विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा ४६ करोड ८६ लाख रूपैयाँ दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए।

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको ८८ रूपैयाँ करोड बक्यौता थियो।

दश उद्योगको लाइन काटियो

सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको बिजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका दुई उद्योगको चार करोड रूपैयाँ बक्यौता छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij