२०८३ साउन १२ मंगलबार

आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

ई आर्थिक    शुक्रबार, असार २६ २०८३
532
Shares
आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

काठमाडौं ।  काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु भएको छ।

वीर अस्पतालले दिएको जानकारीअनुसार गम्भीर रूपमा जलेका नेपालीको अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

नेपालीले हिजो  राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको सघन उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij