२०८३ साउन १२ मंगलबार

विश्वकप जितको उत्सवमा मेक्सिकोमा दुःखद घटना, भीडमा च्यापिँदा दुई जनाको मृत्यु

ई आर्थिक    बुधबार, असार १७ २०८३
760
Shares
विश्वकप जितको उत्सवमा मेक्सिकोमा दुःखद घटना, भीडमा च्यापिँदा दुई जनाको मृत्यु

काठमाडौँ । विश्वकप फुटबलमा मेक्सिकोले ऐतिहासिक जित दर्ता गर्दै नकआउट चरणमा प्रवेश गरेपछि मनाइएको विजय उत्सव दुःखद घटनामा परिणत भएको छ। राजधानी मेक्सिको सिटीमा विजय र्‍यालीका क्रममा अत्यधिक भीडमा च्यापिँदा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्जियन ले जनाएको छ।

मेक्सिको सिटीको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १९ वर्षीया एक युवती र ४४ वर्षीय एक पुरुष रहेका छन्। उनीहरूको अत्यधिक भीडका कारण च्यापिएर वा निसास्सिएर मृत्यु भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले तेस्रो व्यक्तिको पनि मृत्यु भएको दाबी गरेका भए पनि सरकारी अधिकारीहरूले त्यसको आधिकारिक पुष्टि गरेका छैनन्।

मेक्सिकोले आज बिहान इक्वेडरलाई पराजित गर्दै सन् १९८६ यता पहिलोपटक विश्वकपको नकआउट चरणमा जित हात पारेपछि देशभर उत्सवको माहोल बनेको थियो। सह-आयोजक राष्ट्रका रूपमा अन्तिम १६ मा पुगेको खुसीमा लाखौँ समर्थक राजधानीका सडकमा ओर्लिएका थिए।

नगर सरकारका अनुसार मेक्सिको सिटीमा १० लाखभन्दा बढी समर्थक विजय उत्सवमा सहभागी भएका थिए। उत्सवको मुख्य केन्द्र ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक क्षेत्र बनेको थियो। यही स्थानमा अत्यधिक भीडभाड भएपछि भागदौड र चाप सिर्जना हुँदा दुई जनाले ज्यान गुमाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij