२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ४ हजार ७ सय र चाँदी १४५ रुपैयाँले महँगियो

ई आर्थिक    आइतबार, असार १४ २०८३
665
Shares
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ४ हजार ७ सय र चाँदी १४५ रुपैयाँले महँगियो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यसअघि हिजो सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा ४ हजार ७ सय रुपैयाँले मूल्य बढेसँगै सुनले पुनः उच्च मूल्य कायम गरेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले वृद्धि भई ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij