२०८३ असोज २ शुक्रबार

२० मेगावाटसम्मका जलविद्युत आयोजना कर्णाली प्रदेशले सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्ने

ई आर्थिक    बिहिबार, जेष्ठ २१ २०८३
2.2K
Shares
२० मेगावाटसम्मका जलविद्युत आयोजना कर्णाली प्रदेशले सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्ने

सुर्खेत । संघीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँले निर्माण गर्ने भएको छ ।

‘कर्णालीको पानी-जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै शेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए।

डोल्पामा निर्माणाधीन जगदुल्ला-ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ।

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij