काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे २ बजेका लागि बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
आजै संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले अपराह्न ४ बजे संसद्मा बजेट भाषण गर्ने कार्यक्रम तय भएको छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।