२०८३ साउन १२ मंगलबार

गुणस्तरहीन भेटियो डाबर हनी, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

ई आर्थिक    बिहिबार, जेष्ठ ७ २०८३
684
Shares
गुणस्तरहीन भेटियो डाबर हनी, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तरहीन भेटिएको डाबर ब्रान्डको मह बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेशअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा ‘डाबर हनी’ न्यूनस्तरको पाइएकाले उक्त उत्पादन बिक्री वितरण नगर्न र बजारबाट फिर्ता गर्न आदेश जारी गरेको जनाएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५(१) बमोजिम विभागले सम्बन्धित ब्याच नम्बरको मह तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ।

विभागका अनुसार ५०० ग्रामको प्याकेटमा रहेको ‘डाबर हनी’ को ब्याच नम्बर ‘NB00477’ परीक्षणका क्रममा न्यूनस्तरको खाद्य पदार्थ ठहरिएको हो। उक्त उत्पादनमा उत्पादन मिति २०२५/१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको जनाइएको छ।

विभागले सम्बन्धित उत्पादक तथा वितरकलाई उक्त उत्पादन बिक्री वितरण नगर्न निर्देशन दिँदै उपभोक्तालाई पनि सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij