काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले चार जना उम्मेदवारलाई सर्टलिस्ट गरेको छ।
समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चरणका लागि छनोट गरेको हो।
समितिले यी चारै जनासँग आगामी शुक्रबार छुट्टाछुट्टै समयमा छलफल गर्ने जनाएको छ। छलफलपछि समितिले तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।
सिफारिस गरिएका तीन जनामध्येबाट सरकारले एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।
