२०८३ साउन १० आइतबार

एसइई २०८२ को नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, १ लाख ४६ हजार बढी ‘एनजी’

ई आर्थिक    मंगलबार, बैशाख २९ २०८३
2K
Shares
एसइई २०८२ को नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, १ लाख ४६ हजार बढी ‘एनजी’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ‘एनजी’ (नन ग्रेडेड) मा परेका छन् ।

बोर्डका अनुसार परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये मूल्याङ्कनमा परेका २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन्।

नतिजाअनुसार सबैभन्दा उच्च जिपिए ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ। त्यस्तै, जिपिए ३.२० देखि ३.६० सम्म प्राप्त गर्ने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन् ।

सबैभन्दा धेरै विद्यार्थीले जिपिए २.८० देखि ३.२० सम्म प्राप्त गरेका छन् । यस समूहमा ९४ हजार २ सय २२ जना विद्यार्थी रहेका छन् । यस्तै, जिपिए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ५५ हजार ९ सय ७७ रहेको बोर्डले जनाएको छ।

त्यसैगरी, जिपिए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थी ५ हजार १ सय ९० जना रहेका छन् भने जिपिए १.६० देखि २.०० सम्म ल्याउने विद्यार्थी जम्मा ७ जना मात्र रहेका छन् ।

यस वर्षको नतिजामा उल्लेख्य सङ्ख्यामा विद्यार्थी ‘एनजी’ मा परेको तथ्यांकले शैक्षिक गुणस्तर र मूल्याङ्कन प्रणालीबारे पुनः बहस सुरु हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij