काठमाडौं । सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधिश डा. शर्मा प्रधानन्यायाधीश पदमा सिफारिस भएका हुन् ।
बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
जसमा उनीसंगै हाल कामु रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा नहकुल सुवेदी रहेका थिए ।
शर्मा सिफारिसमा परेकामध्ये चाैथाे वरीयताका न्यायाधीश हुन् ।
परिषद्को सिफारिससँगै अब उक्त निर्णय संसदीय सुनुवाइ समितिमा जानेछ। संवैधानिक व्यवस्था अनुसार समितिले ४५ दिनभित्र सुनुवाइ प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्नेछ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।