२०८३ साउन १० आइतबार

दिपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप, अनुसन्धानका लागि १२ दिन थुनामा राख्न अनुमति

ई आर्थिक    बुधबार, बैशाख २३ २०८३
2.1K
Shares
दिपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप, अनुसन्धानका लागि १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं ।  सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी अनुसन्धानमा पक्राउ परेका दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राखी अनुसन्धान गर्न विशेष अदालतले पुनः म्याद थप गरेको छ।

विशेष अदालतको इजलासले  भट्टलाई पाँचौँ पटक १२ दिन र  अग्रवाललाई छैटौँ पटक १२ दिनको म्याद थप गर्न अनुमति दिएको हो। यो म्याद थप २०८३ वैशाख २३ देखि लागू हुने गरी गरिएको छ।

अनुसन्धान जारी रहेकाले सरकारी वकिलको राय प्रतिवेदन, अभियोजन प्रक्रिया र केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को थप अनुसन्धानका लागि समय आवश्यक भएको भन्दै म्याद थप गरिएको अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij