२०८३ भाद्र २९ सोमबार

यस्ता छन् मन्त्रिपरिषद्का तीन निर्णयहरू

ई आर्थिक    सोमबार, बैशाख १४ २०८३
1.9K
Shares
यस्ता छन् मन्त्रिपरिषद्का तीन निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद्को बठैकले तीन निर्णयहरू गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

साथै मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयअन्तर्गत ‘भन्सार नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

गृह मन्त्रालयअन्तर्गत सशस्त्र प्रहरी बल नेपालको रिक्त महानिरीक्षक (आईजीपी) पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij