२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशिया बैंकद्वारा मकवानपुरको आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

ई आर्थिक    बुधबार, बैशाख २ २०८३
2.3K
Shares
एनआईसी एशिया बैंकद्वारा मकवानपुरको आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडौं । एनआईसी एशिया बैंकले  मकवानपुरको आमा घर सेवा आश्रममा  आरओ वाटर प्युरिफायर जडान गरेको छ । मकवानपुर, मनहरी–८ स्थित आमा घर सेवा आश्रममा एन आई सी एशिया बैंकले आरओ वाटर प्युरिफायर जडान गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

एक कार्यक्रमका बीच बैंकका सर्कल हेड (नारायणगढ) रामकृष्ण काफ्लेले आश्रमका संरक्षक विजय राज सिग्देललाई आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका थिए।

परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई आश्रय दिँदै आएको उक्त आश्रममा यस सहयोगले स्वच्छ खानेपानीको सुविधा उपलब्ध हुनुका साथै स्वास्थ्य र दैनिक बसोबासमा सहजता आउने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका अनुसार यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij