काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै थप केही देशमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (Re-entry) खुला गरेको छ।
श्रम तथा रोजगार विभागका अनुसार यसअघि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (UAE), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिसकिएकोमा अब इजरायल, कुवेत, बहराइन र लेबननका लागि पनि सेवा पुनः सुचारु गरिएको हो।
तर इराकका हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को पूर्वनिर्णयअनुसार नै श्रम स्वीकृति प्रदान हुने व्यवस्था कायम रहने मन्त्रालयले जनाएको छ।
मन्त्रालयको मिति २०८२/१२/३० को निर्णयअनुसार बाँकी देशहरूमा पुनः श्रम स्वीकृति खुला गरिएको जानकारी सम्बद्ध सबैलाई गराइएको विभागले सूचनामार्फत जनाएको छ।
