२०८३ साउन १२ मंगलबार

पूर्व प्रधानमन्त्री ओली तथा पूर्वगृहमन्त्री लेखक हाजिर जमानीमा रिहा, आफन्तको जिम्मा लगाइयो

ई आर्थिक    बिहिबार, चैत्र २६ २०८२
1.9K
Shares
पूर्व प्रधानमन्त्री ओली तथा पूर्वगृहमन्त्री लेखक हाजिर जमानीमा रिहा, आफन्तको जिम्मा लगाइयो

काठमाडौँ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रहरीले दुवै जनालाई रिहा गरेको हो। पूर्व प्रधानमन्त्री ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा प्रहरीले  लगाएको हो ।

प्रहरीका अनुसार उनीहरूलाई ‘खोजी भएको बेला उपस्थित हुने’ सर्तसहित परिवारको जिम्मा लगाइएको छ।

पूर्व गृहमन्त्री लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।  लेखक पक्राउ परेको १३ औँ दिनमा नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन्।

यसअघि भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij