काठमाडौं : ७३औं सिँचाइ दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट सिँचाइ आयोजना तथा जल उपभोक्ता संस्थालाई सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
कास्कीको आयोजना उत्कृष्ट घोषित
उत्कृष्ट आयोजना छनोटतर्फ सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, कास्की पहिलो स्थानमा परेको छ। आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए।
दाङको प्रगण्डा कुलो उपभोक्ता संस्था उत्कृष्ट
त्यसैगरी, उपभोक्ता संस्थातर्फ सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, लमही (दाङ) अन्तर्गतको प्रगण्डा कुलो जलउपभोक्ता संस्था उत्कृष्ट घोषित भएको छ। उक्त संस्थाको तर्फबाट आयोजना प्रमुख निश्चल छतकुलीले सम्मानपत्र ग्रहण गरेका थिए।

