२०८३ भाद्र ३० मंगलबार

‘कुशल फार्मेसी, भण्डारण तथा वितरण अभ्यास’ को लागि औषधी व्यवस्था विभागको निर्देशन

ई आर्थिक    शनिबार, चैत्र २१ २०८२
1.7K
Shares
‘कुशल फार्मेसी, भण्डारण तथा वितरण अभ्यास’ को लागि औषधी व्यवस्था विभागको निर्देशन

काठमाडौँ : औषधी व्यवस्था विभाग ले औषधी बिक्री, वितरण तथा भण्डारणलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ र ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै ‘औषधी बिक्री–वितरण संहिता, २०८०’ कार्यान्वयनमा रहेको जानकारी दिएको छ। नयाँ थोक तथा खुद्रा औषधी पसलहरूले तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने उल्लेख गरिएको छ।

विभागका अनुसार नयाँ दर्ता हुने फार्मेसी तथा थोक पसलले संहितामा उल्लेखित सबै मापदण्ड पूरा गरेपछि मात्र दर्ता प्रक्रिया अघि बढाइनेछ। साथै, हाल सञ्चालनमा रहेका पसलहरूले पनि क्रमशः सबै मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ।

निर्देशनको पालना नगरेमा औषधी ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij