२०८३ साउन १२ मंगलबार

सरकारी सूचनाको विज्ञापन सरकारी मिडियामै सीमित, निजी मिडियामा रोक

ई आर्थिक    बिहिबार, चैत्र १९ २०८२
2.6K
Shares
सरकारी सूचनाको विज्ञापन सरकारी मिडियामै सीमित, निजी मिडियामा रोक

काठमाडौं । सरकारले तीनै तहका सरकारको सरकारी सूचनाको विज्ञापन निजी सञ्चार माध्यमबाट प्रकाशन-प्रसारणमा बन्देज लगाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रकाशनमा एकरूपता ल्याउन सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको हो ।

कार्यालयले बुधबार जारी गरेको निर्णयअनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सार्वजनिक कोष प्रयोग गर्ने सबै निकायहरूले आफ्ना सूचना अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ।

निर्देशनमा सार्वजनिक खरिदलगायतका सूचना प्रकाशन गर्दा अनिवार्य रूपमा सरकारी सञ्चार माध्यम प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। साथै यस्ता सूचनाको भुक्तानी गर्दा सम्बन्धित सञ्चार माध्यमको आधिकारिक खातामै रकम जम्मा हुने व्यवस्था मिलाउनुपर्ने जनाइएको छ।

त्यसैगरी भुक्तानीका दर तथा छुटसम्बन्धी विवरण सम्बन्धित सञ्चार माध्यमबाट औपचारिक रूपमा स्वीकृत भएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

सरकारले यस निर्णयमार्फत विज्ञापन तथा सूचना व्यवस्थापनलाई पारदर्शी बनाउने, अनावश्यक खर्च घटाउने र सरकारी सञ्चार माध्यमको प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij