२०८३ साउन १२ मंगलबार

गृहमन्त्री सुधन गुरूङ जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षणमा (फोटो फिचर)

ई आर्थिक    बुधबार, चैत्र १८ २०८२
1.9K
Shares
गृहमन्त्री सुधन गुरूङ जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षणमा (फोटो फिचर)

काठमाडौं ।   गृहमन्त्री सुधन गुरूङले जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा उनले परिसरको समग्र कार्यप्रणाली, सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाहबारे जानकारी लिएका थिए।

उक्त अवसरमा परिसरका प्रमुख रमेश थापाले कार्यालयको कामकारबाही, सुरक्षा चुनौती तथा उपलब्धिहरूबारे गृहमन्त्रीसमक्ष विस्तृत बिफ्रिङ प्रस्तुत गरेका थिए।

गृहमन्त्री गुरूङले प्रहरी प्रशासनलाई नागरिकमैत्री सेवा प्रदान गर्न, शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउन तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। साथै उनले प्रहरी संगठनलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने विषयमा सरकार सकारात्मक रहेको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij