२०८३ भाद्र ३१ बुधबार

अन्तिम नामावली विषयमा उत्पन्न विवादका कारण नवलपुर उद्योग वाणिज्य संघको निर्वाचन अन्यौलमा !

ई आर्थिक    मंगलबार, चैत्र १७ २०८२
2.5K
Shares
अन्तिम नामावली विषयमा उत्पन्न विवादका कारण नवलपुर उद्योग वाणिज्य संघको निर्वाचन अन्यौलमा !

फलोअप

जिल्ला प्रशासन कार्यालयले भन्यो– ‘संस्थाको विधान अनुरुपको प्रक्रिया अवलम्बन गरेर मात्र आगामी निर्वाचन गर्नु’

ई–आर्थिक, काठमाडौं । नवलपुर उद्योग वाणिज्य संघको भोली चैत १८ गते तय भएको कार्यसमिति निर्वाचन अन्यौलमा परेको छ । उम्मेद्वारी दर्ता, दाबी विरोध र अन्तिम नामावली सार्वजानिक विषयमा विवाद उत्पन्न भएपछि असन्तुष्ट पक्ष स्थगनको मागसहित जिल्ला प्रशासन कार्यालय -वर्दघाट सुस्ता पूर्व) कावासोती पुगेको थियो ।

त्यसपछि कार्यालयका प्रशासकीय अधिकृतले हस्ताक्ष गरी नवलपुर उद्योग बाणिज्य संघलाई पत्राचार गरेको थियो । पत्रमा ‘संस्था दर्ता ऐन २०३४ तथा त्यस संस्थाको विधान अनुरुपको प्रक्रिया अवलम्बन गरेर मात्र आगामी निर्वाचन गर्नुहुन आदेशानुसार अनुरोध गरिएको छ ।’ भनिएको छ ।

सदस्यहरुको असन्तुष्टि, प्रशासन कार्यालयको यो पत्रसँगै निर्वाचन अन्यौलमा परेको छ ।

संघको निर्वाचनको प्रक्रियामा विवादको विषय अन्य पनि थिए तरपनि विधान विपरीत बक्यौता रहेका व्यक्तिहरूको समेत उम्मेद्वारी स्वीकृत गरी अन्तिम नामावली सार्वजनिक गरिएपछि विवाद सुरु भएको थियो ।
प्रशासन कार्यालयको पत्राचार पछि विवाद समाधानका लागि छलफल गरिने र छलफलले उचित निष्कर्ष निकाले पछि मात्रै निर्वाचनको मिति तय गरिने निर्वाचन समितिको कार्यप्रति असन्तुष्ट एक सदस्यले जानकारी दिए ।

‘निर्वाचन प्रक्रियाको सुरुवातमै विवाद सिर्जना गर्ने निर्वाचन समिति समेत परिवर्तन गर्नुपर्ने हुनसक्छ ।’ ती सदस्यले भने– ‘अन्यथा विवाद उत्कर्षमै पुग्न पनि सक्ने संभावना छ ।’

उम्मेद्वारी दर्ता र दाबी–विरोध सम्बन्धी प्रक्रिया निर्वाचन समितिको निर्णयका कारण विवाद सुरु भएको थियो ।

निर्वाचन नहुँदै विवादित विषय प्रवेश गराउने निर्वाचन समितिले ‘निष्पक्ष र धाँधलीरहित निर्वाचन’ गराउन सक्नेमा विश्वास गर्न कठिन हुने निष्कर्ष निकालेर सदस्यहरु प्रशासन कार्यालय पुगेका थिए ।

भोली चैत्र १८ गते हुने भनिएको निर्वाचनमा दुई समूहले प्रतिस्पर्धा गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij