२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    सोमबार, चैत्र १६ २०८२
703
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।   नेपालमा सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। आजको बजारअनुसार सुनको मूल्य प्रतितोला २,५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ४ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिको अवस्थाले गर्दा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij