२०८३ साउन १२ मंगलबार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, यस्तो छ शाह नेतृत्वको १५ सदस्यीय क्याविनेट

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०८२
1.3K
Shares
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, यस्तो छ शाह नेतृत्वको १५ सदस्यीय क्याविनेट

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शाह नेपालको ४३औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति  रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।  राष्ट्रपतिको कार्यालय, महाराजगञ्जबाट जारी विज्ञप्तिअनुसार उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वमा सम्भावित मन्त्रिपरिषद् पनि सार्वजनिक गरिएको छ।

प्रस्तावित मन्त्रिपरिषद्मा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटिएको छ, जसले समावेशी र विविधतायुक्त सरकारको संकेत गरेको विश्लेषण गरिएको छ।

मन्त्रिपरिषद् यसप्रकार रहेको छः

प्रधानमन्त्री, उद्योग र रक्षामन्त्री : बालेन्द्र शाह
अर्थमन्त्री: स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री: शिशिर खनाल
गृहमन्त्री: सुदन गुरुङ
सामान्य प्रशासन मन्त्री: प्रतिभा रावल
पर्यटन मन्त्री: गणेश पौडेल
भौतिक पूर्वाधार मन्त्री: सुनिल लम्साल
कृषि मन्त्री: गीता चौधरी
शिक्षा मन्त्री: सस्मित पोखरेल
स्वास्थ्य मन्त्री: निशा मेहता
महिला, बालबालिका मन्त्री: सीता वादी
कानुन मन्त्री: सोबिता गौतम
ऊर्जा मन्त्री: विराजभक्त श्रेष्ठ
सञ्चार मन्त्री: डा. विक्रम तिमिल्सिना

राजनीतिक वृत्तमा यो सूचीलाई सम्भावित र अनौपचारिक रूपमा हेरिएको छ। आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन तथा मन्त्रीहरूको नियुक्ति भने आगामी चरणमा स्पष्ट हुने अपेक्षा गरिएको छ।

यसैबीच, नयाँ नेतृत्वबाट आर्थिक सुधार, सुशासन र विकास निर्माणका क्षेत्रमा ठोस कदम चालिने अपेक्षा नागरिकस्तरबाट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij