२०८३ भाद्र ३० मंगलबार

एकैदिन प्रतितोला १२ हजार ५ सयले घट्यो सुनको मूल्य, २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुँदै

ई आर्थिक    आइतबार, चैत्र ८ २०८२
1.4K
Shares
एकैदिन प्रतितोला १२ हजार ५ सयले घट्यो सुनको मूल्य, २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुँदै

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार रुपैयाँमा झरेको हो। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले सस्तो हुँदै ४ हजार ५ सय ४० रुपैयाँमा पुगेको छ। शुक्रबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो।

यसअघि नेपाली बजारमा सुनले माघ १५ गते अहिलेसम्मकै उच्च मूल्य कायम गरेको थियो, जहाँ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोही दिन चाँदी पनि उच्च बिन्दुमा पुग्दै प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij