२०८३ साउन ९ शनिबार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

ई आर्थिक    मंगलबार, चैत्र ३ २०८२
1.5K
Shares
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

काठमाडौं ।  जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ। जेनजि २.० का अनुसार प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास बढ्ने खतरा रहेको छ।

“लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप यस्ता महत्वपूर्ण प्रतिवेदन समयमै सार्वजनिक गर्नु आवश्यक हुन्छ,” पत्रमा भनिएको छ।

जेनजि २.० ले पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्न कार्की आयोगको प्रतिवेदन ढिलाइ नगरी सार्वजनिक गर्न आग्रह गरेको छ।

संगठनका प्रवक्ता अविन लिम्बूले प्रतिवेदन सार्वजनिक नभएसम्म नागरिकस्तरबाट दबाब जारी रहने संकेत पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij