२०८३ साउन ११ सोमबार

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

ई आर्थिक    सोमबार, चैत्र २ २०८२
2.1K
Shares
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ।

यता चाँदीको मूल्य भने केही घटेको छ। आइतबार प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

नेपाली बजारमा यसअघि गत माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि सोही दिन उच्च विन्दुमा पुगेको थियो। माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको तथ्यांक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij