काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला २ सय २५ रुपैयाँले घटेर ५ हजार २ सय ७० रुपैयाँमा निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।
यसअघि नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य माघ १५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।