२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय व्यवसायी महासंघले भन्यो– ‘स्थायी सरकारको स्वागत गर्न आतूर छौँ’

ई आर्थिक    बिहिबार, फाल्गुन २८ २०८२
2.1K
Shares
राष्ट्रिय व्यवसायी महासंघले भन्यो– ‘स्थायी सरकारको स्वागत गर्न आतूर छौँ’

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधायइ दिएको छ । करिब दुई तिहार्य जनमतसहित नयाँ सरकार बनाउन लागेको रास्वपालाई महासंघले बधाई दिदै नयाँ सरकारको स्वागतका लागि आतूर रहेको बताएको हो ।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै स्थायी सरकार बन्न लागेकाले आफूहरु खुसी भएको बताए । मुलुकमा स्थायी सरकार आउनु आर्थिक विकासको बाटो खोलिनु जस्तै भएको भन्दै उनले खुसी लागेको बताए ।

‘करिब–करिब दुई तिहाईसहितको नयाँ बन्ने सरकारको हामी स्वागत गर्छौ, सहकार्य गर्न पनि तयार छौँ’ अध्यक्ष श्रेष्ठले भनेका छन्, ‘यो सबैका लागि खुसीको कुरा हो, स्थायी सरकारले मुलुकलाई सही दिशमा अघि बढाउछ ।’

नयाँ सरकारले भन्सार दरबन्दी घटाउने लगायतका कुराहरु सुन्नमा आएको भन्दै अध्यक्ष श्रष्ठले यसले पनि आफूहरुलाई खुसी लागेको बताए । अब करको दर होइन दायरा बढाएर जानुपर्नेछ । सरकारको नीति निजी क्षेत्रमैत्री हुनुपर्ने साथै साना तथा मझौला उदोग व्यवसायहरुलाई प्राथमिकतामा राख्न पनि महासंघ अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij