काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कूटनीतिक पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार उनले प्रशासन महाशाखामा पासपोर्ट बुझाउँदै यसको प्रयोजन सकिएको बताएका छन्।
पत्रमा मन्त्री खनालले लेखेका छन् कि, “अर्थमन्त्रीको हैसियतमा उपलब्ध कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले यसलाई परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाउन अनुरोध गरेको छु।”
उनले आफू विदाइको चरणमा रहेको उल्लेख गर्दै पासपोर्ट फिर्ता गरिएको जानकारी दिएका छन्।
