२०८३ भाद्र ३० मंगलबार

सुनको मूल्य एकैदिन प्रतितोला ११ हजारले घट्यो, ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार हुँदै

ई आर्थिक    बुधबार, फाल्गुन २० २०८२
1.9K
Shares
सुनको मूल्य एकैदिन प्रतितोला ११ हजारले घट्यो, ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ११ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा झरेको छ।

यसअघि भने सुनको मूल्य लगातार तीन दिनसम्म उकालो लागेको थियो। आइतबार र सोमबार प्रतितोला ५ हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको सुन मंगलबार मात्रै २ हजार ५ सय रुपैयाँले बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको बताइएको छ। विशेषगरी पश्चिम एसियामा विकसित पछिल्लो तनावका कारण सुनचाँदीको मूल्यमा अस्थिरता देखिएको व्यवसायीहरू बताउँछन्।

यस वर्षको माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। चाँदी पनि माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij