२०८३ साउन १२ मंगलबार

यस्तो देखियो निर्वाचन आयोगमा निर्वाचनको दिनका लागि सवारी पास लिनेको भिड

ई आर्थिक    मंगलबार, फाल्गुन १९ २०८२
1.8K
Shares
यस्तो देखियो निर्वाचन आयोगमा निर्वाचनको दिनका लागि सवारी पास लिनेको भिड

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको दिन सवारी आवागमनका लागि पास लिन  निर्वाचन आयोग परिसर तथा जिल्ला प्रशासन कार्यालयमा  सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य भिड लागेको छ।

निर्वाचन अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा कडाइ गरिने भएपछि पास लिन सर्वसाधारण बिहानैदेखि लाइनमा बसेका छन्। विशेष गरी सञ्चारकर्मी, स्वास्थ्यकर्मी, आपतकालीन सेवा प्रदायक, उद्योग–व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पास लिन प्रशासन कार्यालय पुगेका छन्।

निर्वाचन आयोगका अनुसार स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सवारी साधनको आवागमनमा नियमन गर्न लागिएको हो। आवश्यक कागजात र औचित्य पुष्टि भएपछि मात्र पास उपलब्ध गराइने प्रशासनले जनाएको छ।

भीड व्यवस्थापनमा केही असहजता देखिए पनि प्रशासनले सेवा सहज बनाउन अतिरिक्त कर्मचारी खटाएको जनाएको छ। लामो लाइनका कारण केही सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले तोकिएका सवारी साधनबाहेक अन्यलाई आवागमनमा रोक लगाइने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij