२०८३ साउन १० आइतबार

वीरगञ्ज हुँदै ७ महिनामा ५ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको आयात

ई आर्थिक    मंगलबार, फाल्गुन १९ २०८२
1.2K
Shares
वीरगञ्ज हुँदै ७ महिनामा ५ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको आयात

पर्सा।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ५ खर्ब १९ अर्ब १ करोड रुपैयाँबराबरको वस्तु तथा सामान आयात गरिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा ५७ अर्ब ३१ करोड रुपैयाँको अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा आयातमा उल्लेखनीय वृद्धि भएको बताए।

‘चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरूको आयातको हिस्सा बढी देखिन्छ,’ उनले भने।

गत आर्थिक वर्षको सात महिनामा ४ खर्ब ६० अर्ब २३ करोड रुपैयाँबराबरको सामान आयात भएको थियो।चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ६ अर्ब ४३ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरिएको छ।

त्यसैगरी ४६ अर्ब १६ करोड रुपैयाँको फलाम तथा फलामबाट बनेका सामानहरूको आयात गरिएको छ। सोही अवधिमा ३५ अर्ब ८७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ। ३५ अर्ब ६७ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको जनाइएको छ।

२७ अर्ब ९८ करोड रुपैयाँको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij