ई–आर्थिक, काठमाडौं । आज विहिबार सुन र चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा प्रतितोला सुन ६०० र चाँदी १० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १५ हजार ४०० र एक तोलाको चाँदीको ५ हजार ७२५ कायम भएको छ । गत मङ्गलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल ५ हजार ७१५ निर्धारण भएको थियो ।
हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल ५ हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५०० र एक तोला चाँदी ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।