काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लाे कारोबार विवरणअनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३७५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरसूचीअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार यही सुन ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा विनिमय दरमा आएको परिवर्तनका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा मूल्य निरन्तर बढ्दो क्रममा रहेकाले लगानीकर्ता तथा उपभोक्ताहरू सतर्क बनेका छन्।