२०८३ साउन १० आइतबार

युट्युबमा देखिएको विश्वव्यापी अवरोध समाधान, सेवा पूर्ण रूपमा सञ्चालनमा

ई आर्थिक    बुधबार, फाल्गुन ६ २०८२
1.8K
Shares
युट्युबमा देखिएको विश्वव्यापी अवरोध समाधान, सेवा पूर्ण रूपमा सञ्चालनमा

काठमाडौँ : नेपालसहित विश्वभर देखिएको युट्युबको प्राविधिक समस्या समाधान भएको छ। बुधबार बिहान आएको ठूलो अवरोधका कारण लाखौं प्रयोगकर्ता प्रभावित भएका थिए।

अवरोधका क्रममा प्रयोगकर्ताले भिडियो लोड नहुने, गृहपृष्ठ खाली देखिने तथा मुख्य सुविधाहरू प्रयोग गर्न नसक्ने समस्या भोगेका थिए। YouTube Music र YouTube Kids जस्ता सेवामा पनि समस्या देखिएको थियो।

युट्युबले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत सिफारिस प्रणालीमा आएको प्राविधिक गडबडीका कारण भिडियोहरू गृहपृष्ठ, युट्युब एप, युट्युब म्युजिक र युट्युब किड्समा देखिन नसकेको जनाएको थियो। “गृहपृष्ठ फिर्ता आएको छ, तर पूर्ण समाधानका लागि अझै काम भइरहेको छ,” कम्पनीले उल्लेख गरेको थियो।

युट्युबको मातृ कम्पनी Googleले पनि प्रारम्भिक चरणमै समस्या स्वीकार गर्दै पहुँच पुनःस्थापना गर्न प्राविधिक टोली सक्रिय रहेको जानकारी दिएको थियो।

विश्वभर सामाजिक सञ्जाल प्लेटफर्मको अवरोध अनुगमन गर्ने Downdetectorले सो अवधिमा गुनासोमा तीव्र वृद्धि भएको रेकर्ड गरेको थियो।

हाल युट्युबका सबै सेवा पूर्ण रूपमा सञ्चालनमा फर्किएका छन् र समस्या समाधान भइसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij