२०८३ साउन १० आइतबार

घरजग्गा कारोबारबाट एक महिनामा पाँच अर्ब राजस्व संकलन

ई आर्थिक    सोमबार, फाल्गुन ४ २०८२
1.6K
Shares
घरजग्गा कारोबारबाट एक महिनामा पाँच अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो।

देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन। विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ। गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ संकलन भएको थियो। त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij