२०८३ साउन १० आइतबार

करिव ७२ अर्ब बढी लागतको २७० मेगावाट क्षमताको भेरी–१ जलविद्युत आयोजना बन्ने

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
1.5K
Shares
करिव ७२ अर्ब बढी लागतको २७० मेगावाट क्षमताको  भेरी–१ जलविद्युत आयोजना  बन्ने

काठमाडौं ।   कर्णाली प्रदेशका कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोट र रुकुम पश्चिम जिल्लामा २७० मेगावाट क्षमताको भेरी–१ जलविद्युत आयोजना निर्माण हुने भएको छ।

गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले अघि बढाएको यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन २०८२ पुस २५ गते स्वीकृत भएको हो। स्वीकृतिसँगै आयोजनाले औपचारिक रूपमा निर्माण तयारीलाई तीव्रता दिने बाटो खुलेको छ।

यो आयोजना भेरी नदी मा अर्धजलाशययुक्त (सेमी–रिजर्भोयर) प्रविधिबाट निर्माण गरिनेछ। पिकिङ सञ्चालन प्रणालीमा आधारित हुने भएकाले दिनको विद्युत् माग उच्च हुने समयमा बढी उत्पादन गर्ने गरी संरचना तयार पारिनेछ। अनुमानित लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ रहेको बताइएको छ।

आयोजना क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नं. १०, ११, १२ र १३ तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ४, ५ र ६ मा पर्नेछ। ती वडाहरू प्रत्यक्ष प्रभावित क्षेत्रका रूपमा पहिचान गरिएको छ।

समुद्री सतहबाट करिब १,३९३ मिटर उचाइमा बाँध निर्माण गरिनेछ भने विद्युतगृह १,०७७ मिटर उचाइमा रहनेछ। परियोजनाअन्तर्गत पिकिङ जलाशय, स्पिलवे, इनटेक, सुरुङ (टनेल), सेटलिङ बेसिन, सर्ज ट्यांक र पेनस्टक लगायतका संरचना निर्माण गरिनेछन्।

उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमार्फत वितरण गर्ने लक्ष्य राखिएको छ। साथै, आयोजनाबाट वातावरण तथा स्थानीय समुदायमा पर्न सक्ने असर न्यूनीकरण गर्न वातावरणीय व्यवस्थापन योजना कार्यान्वयन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij