२०८३ साउन १० आइतबार

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो संसदीय मतदान

ई आर्थिक    बिहिबार, माघ २९ २०८२
1.7K
Shares
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो संसदीय मतदान

ढाका ।  सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ ।

बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्यान्हसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबार जारी रहनेछ भने नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पूर्वप्रधानमन्त्री हसिना देशबाट बाहिरिएपछि र उनको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक भएको यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । हसिना हाल भारतमा निर्वासनमा बस्दै आएका छन् ।

बङ्गलादेश नेसनलिस्ट पार्टी(बिएनपी) का तारिक रहमान आगामी सरकार गठनका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुन् र १७ वर्ष लन्डनमा स्व–निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए । उनले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन सुदृढीकरण र सङ्घर्षरत अर्थतन्त्र पुनर्जीवित गर्ने प्रतिबद्धता बताएका छन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij