२०८३ साउन १० आइतबार

एक रुपैयाँ, एक स्कुटर दराज ११.११ अन्तर्गत ग्रान्ड प्राइज विजेता भइन् आश्मा दाहाल

ई आर्थिक    सोमबार, माघ २६ २०८२
3.7K
Shares
एक रुपैयाँ, एक स्कुटर दराज ११.११ अन्तर्गत ग्रान्ड प्राइज विजेता भइन् आश्मा दाहाल

काठमाडौं ।  ललितपुर, हरिसिद्धी निवासी आश्मा दाहालले दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११ अन्तर्गत ‘१ रुपैयाँ डिल’मा एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै ग्रान्ड प्राइज विजेता बन्न सफल भएकी छिन्।

दराज ११.११ अभियान नोभेम्बर १०, साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो। ग्राहकहरूको अत्यधिक सहभागितापछि अभियानलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो। अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १०,००० रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट भएकी थिइन्।

ग्रान्ड प्राइजको रूपमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको परिवारमैत्री स्कुटर हो। फराकिलो डिजाइन, उन्नत सुरक्षा सुविधा, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण यसलाई दिगो र व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकको रूपमा परिचित गराइएको छ।

साथै, दराज नेपालले ११.११ अवधिमा सञ्चालन गरिएका अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ। राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित थाइल्याण्ड यात्रा जितेका छन् भने काठमाडौँ, कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित होटल कन्ट्री भिल्लामा बसाइ जितेकी छिन्। त्यसैगरी, कुलेश्वर, काठमाडौंकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र र कोटेश्वर, काठमाडौंका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित यती × रुपाकोट बसाइ जितेका छन्।

यस अवसरमा दराज नेपालका प्रवक्ताले ११.११ अभियानले ग्राहकहरूका लागि केवल छुट मात्र नभई अर्थपूर्ण मूल्य र सम्झनलायक अनुभव प्रदान गर्ने प्रतिबद्धता प्रमाणित गरेको बताएका छन्। उनले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ रोमाञ्चक तथा नविन अभियान ल्याइने जानकारी दिएका छन्।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो। यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा उपलब्ध गराउँदै आएको छ। दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ। ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij