२०८३ साउन १० आइतबार

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाउँदै निर्वाचन आयोग

ई आर्थिक    शुक्रबार, माघ २३ २०८२
2.1K
Shares
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाउँदै निर्वाचन आयोग

काठमाडौं।  निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशैभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो ।

बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति प्रक्रिया सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

यसका लागि आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ । स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्ने गरी परिचालन गर्न लागिएको र मत बदर नहुने गरी स्वयंसेवकले मतदातालाई शिक्षा दिइने सहायक प्रवक्ता जिसीले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा खसेको मतसमेत बदर भएकाले पनि मतदाता शिक्षा दिनुपर्ने आवश्यकता आयोगले देखेको हो ।

मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट र नियुक्ति गरेर सातै प्रदेशमा फागुन ३ गते अनुशिक्षण दिने गरी तयारी गरिएको छ ।

अनुशिक्षण पछि फागुन पहिलो साता पुग्ने गरी देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा खटाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij